tealaya add

cricket 2020
नेपालले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरीज क्लीन स्वीप गरेको छ । आईसीसी टि–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले दुई खेलको टि–२० सिरिज खेलेको थियो ।

पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो भने आज भएको दोस्रो खेलमा ६ रनको जित हासिल गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १६७ रनमा सिमित गर्न सफल भयो ।

फोटो : cricnepal

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...