tealaya add

 

imbawan

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ ।बिहीबार साँझ भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो । इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

जिम्बावेका लागि पिटर मुरले ९२ र टोनी मुन्योगाले ४४ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ र टिम डेभिडले ४७ रन बनाए ।

जिम्बावेका डेनील जिकेलले २ विकेट लिए । जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो । आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर