tealaya add

asia cup team

एसीसी यु–१९ एसिया कपमा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।श्रीलंकाको मरियान्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

युएईविरुद्ध कमजोर शुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले ब्याटिङ इनिङ्सलाई बलियो बनाएका थिए ।त्यस्तै, नेपालका लागि कप्तान रोहितले सर्वाधिक ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाएका थिए भने सन्दिप जोराले ४८ रन बनाउँदा आसिफ शेखले ४५ रन बनाए ।

अलराउण्डर कमलसिंह ऐरीले ४१ रन बनाए । उनले २५ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने राशिद खानले ४४ रन र कुसल मल्लले २२ रन बनाए ।नेपालविरुद्ध युएईका सुचित शर्मा र मोहम्मद आकाश ताहिरले समान ३र३ विकेट लिए । कार्तिक पलानियापामले २ विकेट लिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...