tealaya add

u19 team
काठमाडौं । श्रीलंकामा आयोजना हुन लागेको एसीसी यू–१९ एसिया कप क्रिकेटकाे मिति सरेको छ । अगष्टको २८ देखि सुरुहुने भनिएको प्रतियोगिता सेप्टेम्बर ३ देखि मात्रै हुने भएको हो । सेप्टेम्बर ५ देखि १४ सम्म प्रतियाेगिताका खेलहरू सन्चालन हुनेछन् ।

यस प्रतियोगिताका लागि नेपाल एसीसी इस्टर्न रिजन च्याम्पियन बन्दै छनोट भइसकेको छ । मलेसियामा भएको उक्त छनोट खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधिसँगै एसियाकपमा पनि स्थान बनाएको हो ।

एसिया कप यू १९ मा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान टेस्ट खेल्ने टाेली रुपमा रहेका छन् भने यूएई, नेपाल र कुवेतले छनोट चरण पार गरेर स्थान बनाएका हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...