tealaya add

Female streaker kantipath1

एजेन्सी । आइसीसी विश्वकपको नाटकीय फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले उपाधि जित्यो। उक्त खेल निकै रोमाञ्चक रह्यो। क्रिकेट विश्वकपको इतिहासमा यस्तो खेल कहिले पनि भएको थिएन्।

यद्यपि, मैदानमा दुई समूहको प्रदर्शनबाहेक अर्को एउटा घटना भयो जसले सबैको ध्यान आफूतर्फ खिच्यो । खेलको क्रममा एक महिला स्ट्रिकर कपडा खोलर मैदानमा प्रवेश गर्ने कोसिस गरिन् । उनले केही मिनेटसम्म सुरक्षाकर्मीले महिलालाई छक्काइन् ।

रिपोर्ट अनुसार महिला स्ट्रिकरको नाम एलेना वुलित्सकी हो जो एडल्ट वेबसाइटका लागि विज्ञापन गर्छिन् । यो एडल्ट वेबसाइट उनको छोराको हो । तर ती महिलालाई केही समयमा नै सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिन सफल भइहाले ।

female3 kantipath

महिला लोकप्रिय युट्युबर विटली डोरोवेट्सकीकी आमा हुन् जो एक एडल्ट पोर्न प्रेङ्किङ वेबसाइट चलाउँछन् । महिला स्ट्रिकर आफ्नो छोराको पोर्न वेबसाइटको तर्फबाट सबैको ध्यान आकर्षित गर्न चाहन्थिन् र उनी यस्तो गर्न केही हदसम्म सफल पनि भइन् ।

female2kantiapth

युट्युब प्रेंकस्टर विटली डोरोवेटसिकीकी आमाले कालो स्विमसुट लगाएकी थिइन् र उनी स्ट्यान्डबाट हाम फालेर पिचमा पुग्ने कोसिस गरिरहेकी थिइन् ।

गत महिना महिलाका छोरा विटलीकी प्रेमिका किन्से वोलान्सकी पनि च्याम्पियन्स लिग फाइनलमा स्ट्रिकिंगमार्फत् रातारात स्टार बनेकी थिइन् । उनले पनि आफ्ना कपडा खोलेर मैदानको बिचसम्म पुग्न सफल भएकी थिइन्।

दुबै महिलाको कपडामा ‘विटली अनसेन्सर्ड’ लेखिएको थियो । महिलाका छोरा विटलीले पनि ट्वीटरमा आफ्नी आमाको स्ट्रिकिंगको कोसिसमा कमेन्ट गरे । विटलीले लेखे, ‘मेरी आमाले क्रिकेट विश्वकपको फाइनलमा स्ट्रिक गर्ने कोसिस गरिन् । मेरी आमा निकै क्रेजी छिन् ।’

twit kantipathnews

प्रेंकस्टर डोरोवेटस्कीले इन्स्टाग्राममा आफ्नी आमालाई ‘लिजेन्ड’ बताए । विटली र उनकी प्रेमिका किन्सेले कोपा अमेरिका फाइनलमा पनि गतिरोध पैदा गर्ने कोसिस गरेका थिए जसका कारण दुबैलाई जेल सजाय भयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...