1478958692 banner ad format

 
 

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुँदैछ । तर, वर्षा बाधक देखिएको छ । रातभर पानी परेको छ र, अहिले पनि पानी छिट्याइरहेको छ । जसका कारण निर्धारित समय ९ः३० मा खेल हुन सक्दैन ।

World Cricket League Nepal vs kenya

यद्यपि नेपाल र केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्दैछ । मैदानको अवस्था हेरेपछि थप निर्णय हुनेछ ।

आइसिसिको रेफ्रिहरूले अहिले पिचको अवलोकन गर्दै घाम नलागेसम्म खेल नहुने बताएका छन्। यद्यपी घाम लागिहाले पनि कति ओभरमा खेल खेलाइने भन्ने अझै स्पष्ट भइनसकेको क्यानका एक प्रतिनिधिले बताए।

यद्यपि नेपाल र केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर गइरहेका छन्।  यदि खेल ढिलो सुुरु भएर शनिबार पहिलो इनिङमात्र भ्याइएको अवस्थामा दोस्रो इनिङ आइतबार खेलाइनेछ। खेल सुरु नै हुन नसके आइतबार सुरुदेखि नै खेल हुने सम्भावना छ।

प्रकासित मिति

Loading...