tealaya add

afian delf kantipat5h-फाईल फोटो

काठमाडौं।घरेलु लिगको सिजन सुरु हुने मिति नजिकिँदै जाँदा युरोपका चर्चित फुटबल क्लबहरु यतिबेला खेलाडी किनबेचमा व्यस्त छन्। इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्फ अर्को प्रिमियर क्लब एभर्टन गएका छन्। एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेको बताइएको छ।

सिटीसँगको सम्झौता एक वर्ष बाँकी छँदै २९ वर्षीय खेलाडी डेल्फ नयाँ गन्तब्यतर्फ लागेका हुन्। एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् भने सिटीबाट २२ खेल खेलेका छन्।

उता इङ्लिस डिफेन्डर ह्यारी म्याग्वेरे लेष्ट सिटी छोड्ने अवस्थामा पुगेका छन्। म्याग्वेरेलाई कीर्तिमानी रकममा अर्को प्रिमियर क्लब म्यान्चेस्टर युनाइटेडले भित्र्याउन सहमति जुटेको बताइएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...