tealaya add

gggd

काठमाडौं । स्पेनी फुटबल खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् । ३५ वर्षीय टोरेसले १८ वर्षे करियरलाई अन्त्य गरेका हुन् ।

स्पेनको राष्ट्रिय टिमबाट एक सय १० खेल खेलेका टोरेसअहिले सगान तोसुबाट व्यावसायिक फुृटबल खेलिरहेका छन् । उनले क्लब स्तरमा एट्लेटिको मड्रिड, लिभरपुल र चेल्सीबाट खेलेका थिए । २००८ को युरो कपको उपाधि स्पेनले जित्दा टोरेसले विजयी गोल गरेका थिए । यसका साथै उनी २०१२ को युरोकपको उपाधि जित्दा पनि मुख्य खेलाडीका रुपमा हेरिएका थिए ।

टोरेसको करियर २००७ मा एट्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि बढी चर्चामा आएको थियो । लिभरपुलका लागि एक सय ४२ खेलमा ८१ गोल गरेका थिए ।

२०११ मा खेलाडी अनुबन्धमा बेलायती क्लबको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए । तर चेल्सीमा उनले खासै राम्रो गर्न सकेनन् । टोरेसले २०१३ मा युरोपा लिगको उपाधि दिलाउँदा बेन्फिकाविरुद्ध गोल गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...