tealaya add

argentina 1

काठमाडौँ । अर्जेन्टिना कोप अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान समूह बि को खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन लौ टारो मार्टिनेज र सर् जियो अगुएरोले गोल गरे ।


अर्जेन्टिनाले खेलको चौथौँ मिनेटमा नै गोल गर्दै अग्रता बनायो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । त्यस्तै, उनकै गोलको मद्दतमा अर्जेन्टिनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाएको हो ।

आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...