1478958692 banner ad format

 
 

काठमाडौं। साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

Bangladesh Vs Sri Lanka

उद्घाटन खेलमा श्रीलंकालाई पराजित गर्दै बंगलादेशले विजयी सुरुआत गरेको छ । बंगलादेशले श्रीलंकालाई ४–० ले हराएको हो ।

बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ वर्षमुनिको फुटबल टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

Bangladesh Vs Sri Lanka 2

सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ ।

यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood