tealaya add

barsiloma final

काठमाडौं । प्रि–सिजनअन्तर्गत आज स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सीले मैत्रीपूर्ण खेल खेल्दैछन् । युरोपका दुई शीर्ष टिम जापानमा राकुटेन कपमा भिड्न लागेका हुन् ।

जापानको साइतामा रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेबाट सुरु हुनेछ । बार्सिलोनाका लागि यो प्रि–सिजनको पहिलो खेल हुनेछ । चेल्सीले यसअघि आफ्ना केही खेल खेलिसकेको छ ।

राकुटेन कपमा बार्सिलोना र चेल्सीसहित जापानी क्लब भिसेल कोबे खेल्नेछन् । बार्सिलोना र चेल्सी दुवै यो कप जितेर नयाँ सिजनको स्वागत गर्ने दाउमा छन् । चेल्सीले यसअघि खेलेका तीन खेलमा एक खेल जितेर एक खेल हारेको छ भने एक खेल बराबरी गरेको छ ।

आज बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सीसहित केही प्रमुख खेलाडी हुनेछैनन् । मेस्सी, लुइस स्वारेज, अर्टुरो भिडाल, अर्थुरलागयत खेलाडी बिदामै छन् । तर, आज बार्सिलोनाको टोलीमा नयाँ खेलाडी फ्रेन्की डे जोङ र एन्टोनी ग्रीजम्यानले डेब्यु गर्दैछन् ।

यता, चेल्सी भने आफ्ना प्रमुख खेलाडी इडेन हाजार्डले क्लब छाडेपछि पहिलोपटक उपाधिका लागि यो खेल खेल्दैछ । बार्सिलोना र चेलसी अन्तिमपटक दुई वर्षअघि युरोपियन च्याम्पियन्स लिगमा भिडेका थिए । जहाँ बार्सिलोनाले चेल्सीलाई अन्तिम १६ मा समग्रमा ४–१ ले हराएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...