annapurna add

quiquesetien betis4

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेर अन्तिममा चुकेको थियो। रियल मड्रिडलाई लिगको अन्तिमतिर आइपुग्दा उपाधि सुम्पिएको बार्सिलोना यो सिजन ट्रफिविहीन बनेको छ। बार्सिलोना उपाधि विहीन २००७–०८ को सिजनपछि पहिलो पटक बनेको छ । जनवरीमा प्रशिक्षक एर्नेस्टो भालभर्देलाई निकाल्दै बार्सिलोनाले नयाँ प्रशिक्षकको रुपमा सेटियनलाई नियुक्त गरेको थियो। त्यस समय बार्सिलोना ला लिगाको शीर्ष स्थानमा थियो। स्पेनिस सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि भालभर्देलाई निकालेको हो।

भालभर्देभन्दा पनि अहिले सेटियन कठिन स्थितिमा पुगेका छन्। सेटियनलाई बार्सिलोनाले ल्याउनुको मुख्य कारण नै च्याम्पियन्स लिग र ला लिगा थियो। तर, दुवै प्रतियोगितामा सेटियन असफल भइसकेका छन्। केही दिनअघि मात्रै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोन क्लबसँग पराजित भयो। त्यसको केही घण्टामै प्रशिक्षक मौरिजियो सारी बर्खास्तमा परे। उनको स्थानमा आफ्ना पूर्व खेलाडी आन्द्रे पिर्लोलाई नियुक्त गर्‍याे।

बायर्नसँगको खेलमा खेलाडीबीचमै तालमेलको अभाव भइरह्यो। प्रशिक्षक सेटियनले आफ्नो रणनीति अनुसार खेलाडीलाई मैदानमा उतार्न सकेनन्। कमजोर डिफेन्स उस्तै मिडफिल्ड हुँदा बार्सिलोनाको फरवार्ड लाइन चल्न सकेन।

गम्भीर देखिएको प्रशिक्षक सेटियन भन्छन्, ‘अब प्रश्न उठ्छ म क्लबमा रहन्छु या रहन्न। तर क्लबमा रहने नरहने भन्ने कुरा ममा निर्भर रहन्छ। अब हामीले के महत्वपूर्ण हो, त्यसमा ध्यान दिनु पर्छ। एउटा विस्तृत योजना बनाउनु पर्छ।’

डिफेन्डर पिके पनि आफ्नो क्लबको संरचना नै परिवर्तन हुनुपर्ने धारणा राख्छन्। ‘यो हार स्वीकार्न निकै कठिन छ। तर यहाँबाट हामीले पाठ सिक्नु पर्छ। क्लबमा परिवर्तन गर्नु आवश्यक छ। म प्रशिक्षक वा खेलाडीको स्तरमा प्रश्न गर्न चाहन्न। तर, हाम्रो क्लबको सबै प्रकारको संरचना परिवर्तन हुनुपर्छ’, उनले भने।

प्रकासित मिति

 
 
Loading...