annapurna add

barsa prasikxak

स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक अनेस्टो भाल्भर्डेलाई बर्खास्त गरेको छ । उनको ठाउँमा कुके सेटिएन नियुक्त भएका छन् ।

भाल्भर्डेले बार्सिलोनालाई दुईपटक स्पेनिस लिगको उपाधि जिताएका थिए । तर गत सिजनको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलमा लिभरपुलसँग पराजित भएपछि भाल्भर्डे दबाबमा परेका थिए ।

यसै साता बार्सिलोना स्पेनिस सुपरकपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित हुनुपरेको थियो । भाल्भर्डेकै नेतृत्वमा बार्सिलोनाले कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग हार भोगेको थियो ।
पछिल्लो समय बार्सिलोनाले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि भाल्भर्डेलाई बर्खास्त गरिएको हो । नयाँ जिम्मेवारी पाएका कुके सेटिएन रियाल बेटिसका पूर्व प्रशिक्षक हुन् । यसअघि बार्साले पूर्वखेलाडी जाभीलाई प्रशिक्षक बनाउन चाहेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...