1478958692 banner ad format

 
 

अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ खेलको प्रतिबन्ध तथा क्लब फुटबलमा गत साता ग्रानाडाविरुद्ध १ खेलमा निलम्बन खेपेका लिओनल मेसीको उत्कृष्ट पुनरागमनपछि बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा सेभियालाई ३–० ले पराजित गरेको छ। 

Barcelona Messi

बार्सिलोनाको जितमा मेसीले २ गोल गरे। उनले स्पेनिस लिगको चौथो स्थानमा रहेको सेभियाविरुद्ध ५ मिनेटको अन्तरमा २ गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता बनाइसकेको थियो।

करिब ८५ हजार दर्शक उपस्थित भएको क्याम्प नोउमा लुइस सुआरेजले २५ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यसको ३ मिनेट पछि नै मेसीले अर्को गोल थपे। मेसीले २८ मिनेटमा गोल गरेका थिए। उनले ३३ मिनेटमा अर्को गोल थपे। 

आउँदो सिजन बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकलाई पद्स्थापन गर्दै सेभियाका प्रशिक्षक जर्जे साम्पाउलीलाई क्लबमा भित्र्याउने हल्लाका बीच मेसीले दुई गोल गरेपछि भ्रमणकारी प्रशिक्षक मैदानमा त्यति खुसी देखिएनन्। यद्यपी उनले मेसी जस्तो खेलाडीको प्रशिक्षक बन्न पाउनु आफ्नो लागि भाग्यको कुरा हो भनेका थिए। 

उनी अर्जेन्टिनाको प्रशिक्षक बन्ने हल्ला पनि चलेको छ। विश्व कप छनोटको गम्भीर मोडमा रहेको अर्जेन्टिनाले वर्तमान प्रशिक्षक इडगार्डो बाउजालाई परिवर्तन गर्ने हल्लासँगै साम्पाउलीको नामको चर्चा चलिरहेको छ। 

साम्पाउलीले पहिलो हाफमा ३ गोल खाए पनि दोस्रो हाफमा डिफेन्सिभ लाइनलाई चुस्त पारेका थिए। खेलको ९१ मिनेटमा सेभियाका माचिन पेरेज दोहोरो पहेँलो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए। 

सेभियासँगको जितपछि केही समयका लागि बार्सिलोना स्पेनिस लिगको अंक तालिकामा केही समयका लागि शीर्षस्थानमा उक्लिएको छ। बार्सिलोनाको ३० खेलमा ६९ अंक छ। रियलले केही समयपछि लेगानेसविरुद्ध खेल्दैछ। रियल २८ खेलमा ६८ अंकका साथ दोस्रो स्थानमा छ। एजेन्सी 

प्रकासित मिति

Loading...