1478958692 banner ad format

 
 

काठमाडौँ -विमल घर्ती मगरको कप्तानीमा नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप खेल्ने भएको छ । दुई वर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् ।

Bimal Ghartimagar AFC U23 captain

प्रशिक्षक राजुकाजी शाक्यले आइतबार २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन्। यस्तै अर्का राष्ट्रिय खेलाडी अनन्त तामाङ टोलीको उप-कप्तान रहेका छन्। यही टोलीले मंगलबार काठमाडौंमा बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ।

युएईमा हुने च्याम्पियनसिप छनोट खेल्न नेपाल असार २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ।

समूह ‘डी’ मा परेको नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ। साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्नेछ ।

छनोट भएका यू २३ टोलीका खेलाडी

  • गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी

  • रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी

  • मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत

  • फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ

प्रकासित मिति

Loading...

 

yummyfood