1478958692 banner ad format

 
 

त्रिभुवन आर्मी क्लबले प्रथम विशाल स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायणी रंगशालामा शनिबार सम्पन्न फाइनलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी संकटालाई २–० ले हराउँदै उपाधि हात पारेको हो ।

bishal gold cup min

उपाधिसँगै आर्मीले ५ लाख र उपविजेता संकटाले दुई लाख ५० हजार रुपैयाँ हात पारेका छन् । आर्मीलाई उपाधि दिलाउने क्रममा जर्जप्रिन्स कार्कीले दुई गोल गरेका हुन् ।

आर्मीका खेलाडी चुके

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आर्मी नै हावी देखियो । आर्मीका खेलाडीले पटक–पटक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । संकटाका गोलरक्षक विशालले आर्मीका दर्जनौँ प्रहार विफल पारे । आर्मीका कप्तान भरत खवासले हानेको क्रसलाई

संकटाका गोलरक्षक 
विशालले छेके । सन्तोष तामाङको क्रसमा आर्मीका कप्तान भरतको हेडिङ क्रसबारभन्दा माथि गयो । आर्मीका टेकबहादुर बुढाथोकीका दुई सटिक प्रहारलाई संकटाका गोलरक्षक विशालले उत्कृष्ट बचाउ गरे ।

तीन मिनेटको अन्तरमा दुई गोल

निकै रोमाञ्चक बनेको फाइनलको दोस्रो हाफमा आर्मीले तीन मिनेटको अन्तरमा दुई गोल ग¥यो । जर्जप्रिन्स कार्कीले दोस्रो हाफको २२औँ मिनेटमा आर्मीलाई १–० को अग्रता दिलाए । उनले सन्तोष तामाङको पासमा हेडिङ गोल गरेका हुन् । दोस्रो हाफको २५औँ मिनेटमा खवासको ब्याक पासमा जर्जले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए । संकटाका खेलाडीले दोस्रो हाफमा गोल फर्काउने अवसर पाएका थिए ।

आर्मीले लियो हारको बदला

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पटक–पटक व्यहोरेकोे हारको बदला लिएको बताए । यस सिजनमा आर्मी संकटासँग तीन फाइनलमा पराजित भएको छ । यसअघि संकटासँग चार फाइनल भिडन्तमध्ये आर्मीले एक फाइनलमा मात्र जितेको थियो । त्यसपछि लगातार तीन फाइनल भिडन्तमा संकटा विजयी भएको थियो ।

राज सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै संकटाका राज पौडेलले सुजुकी जिक्सर मोटरसाइकल पाए । त्यस्तै, प्रतियोगिताको बेस्ट स्ट्राइकर आर्मीका जर्जप्रिन्स कार्की, उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथू, मिडफिल्डर संकटाका कप्तान विक्रम लामा, डिफेन्समा संकटाकै पिटर सेगुन उत्कृष्ट भए । आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक ठहरिए । ९ वैशाखदेखि सुरु भएको प्रतियोगितामा आठ क्लबले भाग लिएका थिए । -नयाँ पत्रिकाबाट 

प्रकासित मिति

Loading...

 

yummyfood