tealaya add

घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   गएराति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो । खेलमा क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे । जितसँगै क्यामरुनले इजिप्टसँगको फाइनल भिडन्त तय गरेको छ । अफ्रिकी महादेशको सबैभन्दा सफल टोली ईजिप्टले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई टाईब्रेकरमा हराउँदै फाइनलमा ठाउँ पक्का गरेको थियो । प्रकासित मिति : २०७३ माघ २१ गते -

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर