annapurna add

4d09430b1480d506e0892ef169be2f50इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा सिटीले ब्राइटनलाई ५–० ले पराजित गरेको हो ।

उसका लागि रहीम स्ट्रर्लिङ्गले ह्याट्रिक गरे । उनले २१, ५३ र ८१ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन्। यस्तै गाब्रियल जिससले ४४ औँ तथा बेरनार्डो सिल्भाले ५६ औँ मिनेटमा सिटीका लागि गोल गरेका हुन् ।

रहीमले यो सिजन लिगमा १७ गोल गरिसकेका छन् । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा तेस्रो स्थानको चेल्सी भने शेफिल्ड युनाइटेडसँग ३–० ले स्तब्ध भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...