1478958692 banner ad format

 
 

काठमाडौं | २३ वर्षमुनिको एशिया कपको छनौट फुटबलमा नेपाल कठिन समूहमा परेको छ । मलेसियामा रहेको एशियाली फुटबल महासंघ एएफसीको कार्यालयमा शुक्रबार भएको ड्रमा नेपाल उज्वेकिस्तान, लेबनन र युएई रहेको समूह ‘डी’मा परेको हो । समूह ‘डी’को खेल जुलाई १९ देखि २३ तारिखसम्म युएईमा हुने छ । 

Choose Asia Cup Football

नेपालको समूहमा रहेको युएई पछिल्ला दुवै संस्करणमा क्वाटर फाइनलसम्म पुगेको थियो । उज्वेकिस्तान पनि पछिल्ला दुई वटा संस्करणमा छनौट भएको थियो । तर २३ वर्ष मुनिको एशिया कपमा उसको यात्रा समूह चरणबाट अघि बढ्न सकेको छैन ।

एशियाका ४० टिमलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उत्कृष्ट पाँच उपविजेताले सन् २०१८ मा चीनमा हुने २३ वर्ष मुनिको एशिया कप खेल्ने अवसर पाउने छन् । यसअघि नै आयोजकको नाताले प्रतियोतिगामा छनौट भइसकेको चीनले भने छनौट प्रतियोगिता खेलेका कारण समूह विजेता वा उत्कृष्ट पाँच उपविजेता बनेमा छैटौं उपविजेताले प्रतियोगिता खेल्न पाउने छ । 

हरेक २–२ वर्षमा हुने २३ वर्ष मुनिको एशिया कपको पछिल्लो उपाधि जापानले जितेको थियो । नेपालले भने छनौट चरणमा एक खेल पनि जित्न सकेको थिएन । साउदी अरब, इरान, प्यालेस्टायन र अफगानिस्तान रहेको समूहमा परेको नेपालले एक गोल पनि गर्न सकेको थिएन । 

प्रकासित मिति

Loading...