kosta

स्पेनिस फरवार्ड डिएगो कोस्टा तीन महिना खेल मैदान बाहिर रहने भएका छन् । उनी नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने बताईएको छ ।

उक्त समयमा कोस्टाले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्वपुर्ण दुई खेल गुमाउनेछन ।

उनले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्त्वपूर्ण खेल गुमाउनेछन् । फेब्रुअरीसम्म फिट भए उनी शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्धको खेलमा फर्कन सक्नेछन् । कोस्टा सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट एट्लेटिको फर्किएका थिए ।

कोस्टा टिममा नरहने भएपनि क्लबका अध्यक्ष इनरिके सेरेजोले विन्टर ट्रान्सफरमा खेलाडी अनुबन्ध नगर्ने बताएका छन् । ‘हामीसँग तीन फरवार्ड अझै छन् । कीर्तिमानी युवा खेलाडी जोओ फेलिक्स र अल्भेरो मोराटा हामीसँग छन् । हामीले नयाँ फरवार्ड राख्ने कुनै योजना बनाएका छैनौं ।’ क्लबका अध्यक्ष इनरिकेले भने ।

एट्लेटिको शनिबार ग्रानडासँग खेल्दैछ । एट्लेटिको ला लिगामा तेस्रो स्थानमा रहेको छ । एन्टोइन ग्रिज्मनको प्रस्थानपछि जोआओ फेलिक्सलाई कीर्तिमानी रकममा अनुबन्ध गरेको एटलेटिकोले अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...