1478958692 banner ad format

 
 

काठमाडौं । रियल मड्रिडका स्ट्राइकर क्रिस्चियानो रोनाल्डो पोर्चुगलका वर्ष खेलाडी घोषित भएका छन् ।

Cristiano Ronaldo Player of the Year Announcedयो वर्ष ‘बालोन डिअर’, फिफा वर्ष खेलाडीलगायतका अवार्ड चुमिसकेका रोनाल्डोले पोर्चुगलको सर्वोत्कृट खेलाडीको अवार्ड पनि आफ्नो नाममा गरेका हुन् ।

राजधानी लिस्बनमा सोमबार राति सम्पन्न विशेष समारोहमा रोनाल्डोले रियल मड्रिडकै पेपे र स्पोर्टिङ लिस्बनका गोलरक्षक रुइ प्याट्रिसियोलाई पछि पारे ।

गएको वर्ष आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट सिजन बिताएका रोनाल्डोले पोर्चुगललाई युरोकपको उपाधि दिलाउनुका साथै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood