1478958692 banner ad format

 
 

काठमाडौँ | पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन् । 

योसँगै रोनाल्डो युरोपका देशमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन् ।

cristiano ronaldo portugal captain min

३–० को जित निकाल्ने क्रममा ३६ औं मिनेट गरेको गोल राष्ट्रिय टिमबाट रोनाल्डोको ६९ तथा ६५ औं मिनेटमा फ्रि किकमार्फत ३० यार्ड परबाट गरेको गोल उनले खेलजीवनमा पोर्चुगलका लागि गरेको ७० औं गोल बन्यो । उनले एक सय ३७ खेलमा ७० औं गोल गरेका हुन् । 

राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने युरोपका खेलाडीको सूचिको शीर्ष स्थानमा हंगेरी र स्पेनबाट ८९ खेलमा ८४ गोल गरेका फेरेन्स पुस्कास रहेका छन् । दोस्रो स्थानमा रहेका हंगेरीका सान्डोर कोसिसले ६८ खेलमा ७५ तथा तेस्रो स्थानमा रहेका जर्मनीका मिरोसलाभ क्लोसले १३७ खेलमा ७१ गोल गरेका छन् ।

Cristiano Ronaldo Player of the Year Announced

रोनाल्डोले ६२ खेलमा ६८ गोल गरेका वेष्ट जर्मनीका गेर्ड मुलरलाई पछि पार्दै चौथो स्थानमा उक्लिएका हुन् । पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood