paulo dybala

युभेन्टसको जितमा खेलको ५५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको स्थानमा मैदान छिरेका अर्जेन्टिनी स्टार पाउलो डिबालाले निर्णायक गोल गरे ।

घरेलु मैदानमा युभेन्टसलाई जिताउन डिबालाले ७७ औं मिनेटमा गोल गरेका थिए । सिरी ए मा युभेन्टसले आफ्नो अपराजित यात्रा कायम राखेको छ । जितपछि १२ खेलबाट ३२ अंकसहित युभेन्टस शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको इन्टर मिलानको ३१ अंक रहेको छ भने एसी मिलान १३ अंकसहित १४ औं स्थानमा छ ।
गएराति नै भएको खेलमा काग्लिएरीले फियोरेन्टिनालाई ५–२, लाजिओले लिचेलाई ४–२ तथा पार्माले रोमालाई २–० ले पराजित गरेका छन् भने साम्पडोरिया र एट्लान्टा तथा युडिनेस र एसपिएएलले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...