annapurna add

cristiano ronaldo ciro immobile juventus lazio serie a 2019 20 gfx 1h26buav2uyco1ukehncymenoa

लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन्। सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको ३६ औँ गोल बन्यो ।

योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने गोन्जालो हेगुइनको कीर्तिमानसँग बराबरी गरे । चिरोले गोल गर्नुअघि नापोलीका लागि फाबिएन रुइजले गोल गरेका थिए ।

चिरोको गोलपछि लोरेन्जो इनसिग्न र मातेओ पोलितानोले गोल गरेर नापोलीलाई जित दिलाएका हुन् । लाजिओ चौथो स्थानमा रहेर लिग टुंग्याउन सफल भयो ।

टिम पराजित भए पनि चिरोले घरेलुसँगै युरोपियन गोल्डेन बुट जिते । युभेन्टसका क्रिष्टियानो रोनाल्डो सिरी ए को यो सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानमा रहे । ३१ गोल गरेका उनलाई शनिबार रातिको यो सिजनको अन्तिम खेलमा भने आराम दिइएको थियो ।

युरोपका प्रमुख शीर्ष लिगमा सर्वाधिक गोल गर्ने व्यक्तिलाई प्रदान गरिने युरोपियन गोल्डेन बुट पनि चिरोले पाए । चिरो बुण्डेस लिगामा ३४ गोल गरेका रोबर्ड लेवान्डोस्की भन्दा दुई गोल अघि रहे । रोनाल्डो युरोपमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहे।

चिरोले तेस्रो पटक सिरी ए गोल्डेन बुट जितेका हुन् । यसअघि उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेर तथा सन् २०१७–१८ को सिजनमा २९ गोल गरेर माउरो आइकार्डीसँग संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए ।

यस्तै सन् २००६–०७ को सिजन यता यो पहिलो पटक हो जुन सिजनमा ला लिगाका खेलाडीले एकल वा संयुक्त रुपमा युरोपियन गोल्डेन बुटमा आफ्नो नाम लेखाउन असफल भएका हुन् । यो सिजनको गोल्डेन बुट चिरोले जित्नु अघिका तीन सिजन बार्सिलोनाका मेस्सीले जितेका थिए ।

उपाधि विजेता युभेन्टसले यो सिजनको अन्तिम खेलमा पराजय बेहोरेको छ । सिरी ए फुटबलमा ४० औँ खेलमा युभेन्टस घरेलु मैदानमा पराजित भयो । सन् २०१८ को अप्रिल २२ यता घरेलु मैदानमा भएको सिरी ए खेलमा युभेन्टसलाई पराजित गर्ने टिम बनेको छ रोमा । लिग अन्तर्गत यो सिजनको अन्तिम खेलमा शनिबार राति रोमाले युभेन्टसलाई ३–१ ले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा पाँचौँ मिनेटमा गोन्जालो हेगुइनले गोल गरेर युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर सो अग्रता युभेन्टसले जोगाउन सकेन । रोमाका लागि एन कालिनिकले २३ औँ तथा डिएगो पेरोती ४४ औँ मिनेटमा पेनाल्टी तथा ५२ औँ मिनेटमा गोल गरे ।

उपाधि विजेता युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा मात्रै एक अंकले अघि रह्यो। एट्लान्टालाई २–० ले पराजित गरेको इन्टर मिलानको ८२ तथा युभेन्टसको ८३ अंक रह्यो । सन् २०१०–११ को सिजन यता इन्टर मिलान दोस्रो स्थानमा रहेर लिग टुंग्याएको यो पहिलो पटक हो ।

यस्तै सिरी ए मा उपाधि विजेता र उपविजेताबिच मात्रै एक अंकको भिन्नता रहेको यो सन् २००१–०२ को सिजनपछि पहिलो पटक हो । एट्लान्टा ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । यस्तै ३८ वर्षका जाल्टन इब्राहिमोविच सिरी ए मा १० गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बेनका छ । उनले शनिबार राति एसी मिलानले काग्लिएरीलाई ३–० ले पराजित गर्ने क्रममा गोल गरेका हुन् ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर