tealaya add

team bidesh

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट चरणमा अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बिहान अस्ट्रेलिया पुगेको छ ।

अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली बुधबार नै त्यसतर्फ लागेको थियो । आज बिहान अस्ट्रेलिया पुगेको नेपाली टोलीलाई अस्ट्रेलियन नेप्लीस फुटबल एसोसियसन (एन्फा) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन् ।

विश्वकप छनोट अन्तरगत समूह बि मा रहेको नेपालले यहि महिना अस्ट्रेलियासँगै जोर्डनसँग पनि खेल्नेछ ।

५ दिनको अन्तरालमा नेपाली टोलीले दुई टिमसँग खेल्नेछ ।अस्ट्रेलिया जान लागेको नेपाली टोलीले अस्ट्रेलियामा रहँदा सिड्नीस्थित क्याम्पबेलटाउनको एक क्लबको होस्टल र त्यसैको मैदानमा अभ्यास गर्ने बताइएको छ ।

यसअघि २ खेल खेलेको नेपालले ३ अंक जोडेको छ भने अस्ट्रेलियाविरुद्ध हार जोगाउने लक्ष्यसहित त्यसतर्फ लागेको छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुनिल वल, सुजल श्रेष्ठ, हेमन गुरुङ, रवि पासवान, अन्जन विष्ट, सन्तोष तामाङ,विशाल राई, तेज तामाङ

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर