tealaya add

cp kantipath

हेटौंडा, मुण्डियाल फुटबल क्लव हेटौंडाले सिराहामा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा आयोजकको सल्हेस युवा क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि सहित दुई लाख रुपैयाँ जितेको हो ।


मुण्डियालले विदेशी खेलाडी एन्डेसको गोलबाट पहिलो हाफमै अग्रता लिएको थियो । दोस्रो हाफको २५ औं मिनेटमा आयोजकका डानियलले बराबरी गोल फर्काए ।

खेल सकिन १२ मिनेट बाँकी रहँदा मुण्डियालका लक्ष्मण चौधरीले गोल गरे । बाँकी समय गोल हुन नसकेपछि मुण्डियाल फुटबल क्लब २–१ ले विजयी भएको हो ।

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको मुण्डियालले २ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको आयोजकले एकलाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।

प्रतियोगिताको उत्कष्ट फरवार्ड र मिडफिल्डरको उपाधि मुण्डियालले पायो । अमिर श्रेष्ठ उत्कृष्ट फरवार्ड हुँदा लक्ष्मण चौधरी उत्कृष्ट मिडफिल्डर भए । उनीहरुले जनही ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

यस्तै फाइनल खेलको म्यान अफ दी म्याच मुण्डियालका गोलरक्षक अनिष देउला भए । उनले पनि नगद ५ हजार रुपैयाँ पाए ।

मुण्डियालका प्रशिक्षक सुविन घिमिरेले सिराहामा प्रथम मेयर कपको उपाधि मकवानपुरको क्लवले जित्न पाउँदा खुसी लागेको बताए ।

‘यहाँ दावेदार अन्य क्लबहरु सहभागी थिए । विदेशी खेलाडीसहित अन्य टिम पनि सहभागी थियो’, घिमिरेले भने, ‘मैले पनि मकवानपुरका खेलाडीसहित केही विदेशीलाई समेटेर टिम बनाएको थिएँ ।हाम्रो उद्देश्य उपाधि जित्ने नै थियो, जितियो खुसी छौँ ।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...