1478958692 banner ad format

 
 

काठमाडौं । नेपालमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा आयोजक नेपालले आज पहिलो खेल खेल्दैछ ।

Football Goal

माल्दिभ्स विरुद्धको खेलमा विजयी भए नेपाल सेमिफाइनलमा पुग्नेछ । तीन टोली सम्मिलित समूह ‘बी’को पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हराएको थियो । त्यसैले आजको खेलमा विजयी भएको खण्डमा माल्दिभ्सको यात्रामा पूर्णविराम लगाउँदै नेपालले भारत विरुद्धको खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

यता, समूह ‘ए’बाट भुटान र बंगलादेश समूहको अन्तिम खेलमा आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका छन् । लगातार दोस्रो खेलमा पराजित हुँदै श्रीलंका बाहिरिएपछि भुटान र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

पहिलो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको श्रीलंका आइतबार भएको दोस्रो खेलमा भुटानसँग ६–० ले हारेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood