1478958692 banner ad format

 
 

fot kantipath

हेटौंडा - जेसीजको आयोजनामा असार २० र २१ गते खुला फुटसल प्रतियोगिता हुने भएको छ ।


शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा जेसीजले प्रतियोगिताको बारे जानकारी दिएको हो ।

प्रतियोगितामा २० वटा समूहले सहभागिता जनाउने फुटसल प्रतियोगिताका कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठले जानकारी दिए ।

हालसम्म ११ वटा क्लबले टिम दर्ता गराई सकेको जानकारी दिँदै उनले १७ गतेसम्म टिम दर्ता गर्न सकिने बताए ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ र दोश्रो हुनेले २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट हुने एक जना खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।


प्रतियोगिता सञ्चालनको लागि १ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।


पत्रकार सम्मेलनमा कार्यकारिणी उपाध्यक्ष दिपेश जोशी, लिसेन बस्नेत, महासचिव रुपकराज दहाल, उपाध्यक्ष संगित श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रकासित मिति

Loading...

 

ताजा खबर