annapurna add

AC Milan vs Juventus

इटालियन सिरी ए फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा उपाधी होडमा रहेको शीर्ष स्थानको युभेन्टस पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले युभेन्टसलाई ४–२ ले पराजित गरेको हो ।

दोस्रो हाफको सुरुवाति समयमा युभेन्टसले लगातार दुई गोल गरी अग्रता लियो । उसका लागि ४७ औँ मिनेटमा साबिओतले गोल गरी सुरुवाति अग्रता दिलाए । ५३ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे ।

६२ औँ मिनेटमा पाएको पेनाल्टीमा जाल्टन इब्राहिमोविचले एसी मिलानका लागि पहिलो गोल गरे । ६६ औँ मिनेटमा केसिइले गोल गरेपछि एसी मिलानले बराबरी गर्न सफल भयो । ६७ औँ मिनेटमा डा कोन्सिकाओ लिएओ र ८० औँ मिनेटमा रेबिकले गोल गरेपछि एसी मिलान ४–२ ले विजयी भयो । पराजित भएको शीर्ष स्थानको युभेन्टसको ३१ खेलबाट ७५ अंक छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर