e division

मछिन्द्र फुटबल क्लबले १७ खेलाडीसहितको टीम सार्वजनिक गरेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागिशुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मछिन्द्र क्लबले आफ्नो टोलीका १७ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मछिन्द्रले सार्वजनिक गरेका खेलाडी यस अघि कुनै पनि क्लबमा थिएनन् । टिममा राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, यु-२३ टोलीका कप्तान सुजल श्रेष्ठ, युवा स्टार अभिषेक रिजाल, देवेन्द्र तामाङ, रञ्जित धिमाल, हेमन गुरुङ रहेका छन् ।

यस्तै, विशाल श्रेष्ठ, विशाल राई, बुद्ध चेमजोङ, दीपक राई, रेजिन सुब्बा, सूर्य अधिकारी, योगेश गुरुङ छन् । विदेशी खेलाडी कोटामा नाइजेरियन खेलाडी पिटर सेगुन, एडिलाजा सोमिदे र आन्द्रेस निया रहेका छन् ।

राष्ट्रिय टोलीका खेलाडीलाई टोलीमा राख्दै मछिन्द्रले यो सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ ।क्लबले ए डिभिजनभर खेलाडी र अन्यमा गरी पौने २ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने खेलाडीको लागि मात्रै पनि १ करोड हाराहारी खर्च रहेको जानकारी दिएको छ।

शुक्रबारनै क्लबले यसअघिको लिगको प्रायोजक रहेको सान मिगुलसँग प्रायोजन सम्झौता गरेको छ। मछिन्द्रले सान मिगुललाई टाइटल स्पोन्सर बनाएसँगै अब मछिन्द्रको नाम सान मिगुल मछिन्द्र क्लब हुनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर