manchester city

इंग्लिस फुटबल सिजनको पहिलो औपचारिक खेल कम्युनिटी सिल्डको लागि लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

गत सिजन प्रिमियर लिगको उपाधि जितेको सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ । लिभरपुलका लागि नाथानिएल क्लाइन चोट कारण उपलब्ध छैनन् भने साडियो माने अफ्रिका कप अफ नेसन्सपछि विश्राममा रहेका छन् । उनी टोलीमा रहेपनि पहिलो रोजाइमा भने खेल्ने छैनन् ।

यता सिटीका रियाद माहरेज पनि अफ्रिका कप अफ नेसन्सको उपाधि जितेपछि विश्राममा छन् । डिफेन्डरद्वय एमेरिक लापोर्ट र बेन्जामिन मेन्डी पनि चोटका कारण टोलीमा रहने छैनन् । यसै सिजन क्लबमा आएका मिडफिल्डर रोड्रीले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना रहेको छ ।

यी दुई टोलीको पछिल्लो भेटमा लिभरपुल सिटीसँग २-१ ले पराजित भएको थियो । अन्त्यमा त्यहि खेलको नतिजा उपाधि छिनोफानोमा निर्णायक बन्न पुग्यो । सिजनको सुरुवात उत्कृष्ट ढंगबाट गर्न दुवै टोली उत्साहित देखिन्छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर