mancity

एजेन्सी। म्यान्चेष्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।बिहीबार राति भएको समूह एलको खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाइटेडले अन्तिम ३२ मा आफ्नो स्थान बनाएको हो ।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे । समूहको शीर्ष स्थानमा रहेको युनाइटेडले चार खेलबाट १० अंक जोड्यो ।

उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसँग ६ अंकको अग्रता लियो । लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर