tealaya add

messi pratibanda

अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लिओनल मेस्सीमाथि आर्थिक जरिवानासहित एक खेलमा प्रतिबन्ध लागेको छ । केही समयअघि ब्राजिलमा भएको कोपा अमेरिका फुटबल दौरान दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) भ्रष्ट संस्था भएको भनेर आरोप लगाएको विषयमा आर्थिक जरिवाना र चिलीविरुद्धको खेलमा पाएको रातो कार्डका लागि उनलाई एक खेलमा प्रतिबन्ध लगाइएको हो ।

गत जुलाई ७ तारिखमा तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा मेस्सीले ३७औं मिनेटमा रातो कार्ड पाएका थिए । सो खेलपछि मेस्सीले मिडियासँग प्रस्तुत हुँदै ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’ आरोप लगाएका थिए । उनले ‘आफूहरू भ्रष्टाचारको अंग नबन्ने’ भन्दै तेस्रो स्थानका लागि जितेको मेडल लिनसमेत अस्वीकार गरेका थिए ।

आयोजक संस्थामाथि भ्रष्टाचारको आरोप लगाएपछि कन्मेबलले मेस्सीमाथि छानबिन तथा कारबाही गर्ने तयारी गरेको थियो । तर, अर्जेन्टिनी फुटबल संघले आफ्ना खेलाडी मेस्सीलाई आफ्नो आरोप फिर्ता लिँदै माफी माग्न निर्देशन दिएको थियो । जसमा मेस्सीले लीखित रूपमै आफ्नो आरोप फिर्ता लिँदै माफी मागेपछि संघले कन्मेबलसँग आफ्ना खेलाडीमाथि छानबिन नगर्न भन्दै गत शनिबार मात्रै अनुरोध गरेको थियो ।

मेस्सीले लीखित रूपमै माफी मागेपछि महासंघले मेस्सीमाथि न्यूनतम् कारबाही मात्रै गरेको हो । सामान्यतः रातो कार्डपछि एक खेलमा प्रतिबन्ध लाग्ने व्यवस्थाअनुसार मेस्सीले अब एक अन्तर्राष्ट्रिय खेलमा मात्रै प्रतिबन्ध हुनेछ । उनीमाथि थप प्रतिबन्ध नलाग्ने भएपछि मेस्सीलाई राहत मिलेको छ ।

त्यसबाहेक भ्रष्टाचारको आरोप लगाएको विषयमा भने महासंघले निकै नरम निर्णय गरेको छ । जसमा मेस्सीले १५ सय अमेरिकी डलर मात्रै जरिमाना तिर्नुपर्नेछ । यो सबैभन्दा न्यूनतम् कारबाही हो ।

यदि मेस्सीले लीखित रूपमा वा सार्वजनिक रूपमा माफी मोगर अर्जेन्टिनी संघले महासंघसँग मेस्सीमाथिको छानबिन रोक्न अनुरोध नगरेको भए ठूलो कारबाही हुनेथियो ।

कोपामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २–० ले हारेर उपाधि होडबाट आउट भएको थियो । तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा भने २–१ ले विजयी भएको थियो ।

सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई जिताउन पक्षपातपूर्ण भूमिका खेलेको भन्दै आलोचना गरेका थिए । उनले ‘कोपा ब्राजिललाई जिताउन सबै कुरा सेटिङ भएको’ आरोप लगाएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...