annapurna add

960

स्पेनिस ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । लिगका दुई खेल बाँकी हुँदा बार्सिलोनाले पनि उपाधि सम्भावना कायमै राख्न सफल भएको छ । तीन खेल बाँकी रहेको शीर्ष स्थानको रियल मड्रिडलाई बार्सिलोनाले दबाब दिइरहेको हो ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० ले पराजित गरेर उपाधि आश जीवित राखेको हो । अवे मैदानमा भएको खेलमा १५ औँ मिनेटमा अटुरो भिडालले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । भिडालको गोलमा मेस्सीले असिस्ट गरेका थिए । एकै सिजनमा २० गोल २० असिस्ट गर्ने मेस्सीले नयाँ किर्तिमान बनाएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...