tealaya add

messi vs ronaldo

एजेन्सी। इटालियन युभेन्टस तथा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘विश्वकै प्रशंसनीय खेलाडी’को सूचीमा आफ्ना खास प्रतिस्र्धी स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीलाई उछिनेका छन् । विश्वभरिबाट सबैभन्दा धेरै प्रशंसा बटुल्ने व्यक्तिहरूको सूची सार्वजनिक गर्ने संस्था ‘युगभ’ले यस वर्षको सबैभन्दा प्रशंसनीय व्यक्तिहरूको सूची आज सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा विश्वका विभिन्न देशका राजनीतिज्ञ, व्यापारी, खेलाडी, कलाकारसमेत अटाएका छन् । इन्टरनेट र डाटा मार्केटिङ फर्म युगभले अनलाइन भोेटिङका आधारमा यस्तो सूची तयार पारेको हो । जसमा खेलकुद क्षेत्रबाट रोनाल्डो सबैभन्दा शीर्ष स्थानमा छन् भने समग्रमा सातौं स्थानमा छन् ।

यसअघि १०औं स्थानमा रहेका रोनाल्डोले यस वर्ष ३ स्थान सुधार गर्दै आफूलाई सातौं स्थानमा राख्न सफल भएका हुन् । यता, मेस्सी भने यसपटक पनि रोनाल्डोभन्दा पछि नै परे । उनी रोनाल्डोभन्दा दुई स्थान तल अर्थात् नवौं स्थानमा छन् । मेस्सीले पनि यसपटक दुई स्थान सुधार गरेका हुन् । उनी यसअघि ११औं स्थानमा थिए ।

सार्वजनिक सूचीको पुरुषतर्फ शीर्ष स्थानमा बिल गेट्स रहँदा दोस्रो स्थानमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा रहेका छन् । यस्तै, तेस्रो स्थानमा एक्सन सुपरस्टार ज्याकी च्यान रहेका छन् ।

यता, महिलातर्फ शीर्ष स्थानमा अमेरिकी पूर्वराष्ट्रपतिकी पत्नी मिसेल ओबामा रहेकी छिन् । दोस्रो स्थानमा ओप्रा विनफ्रे रहँदा तेस्रो स्थानमा हलिउड नायिका एन्जेलिना जोली रहेकी छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...