tealaya add

messi ronaldo

यस वर्षको फिफा वर्ष खेलाडीको शीर्ष १० सार्वजनि भए संगै पूर्वविजेताद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो भने कमजोर देखिएका छन् । लगभग एक दशकदेखि शीर्ष तीनभित्र यी दुवै खेलाडीले दाबेदारी दिएका थिए । तर, यसपटक फिफाले शीर्ष १० खेलाडी सार्वजनिक गर्दा लिभरपुलका तीन खेलाडीले शीर्ष तीन स्थानमाथि कब्जा जमाएका छन् । भर्गिज भान डिक, साडियो माने र मोहमद सलाह शीर्ष तीनभित्र रहेको फिफाले जनाएको छ ।

रियल म्याड्रिड पुगेका चेल्सीका पूर्वस्टार इडन हजार्डले पनि शीर्ष १० भित्र रहँदा दाबेदारी प्रस्तुत गरेका छन् । पाँचपटकका विजेता रोनाल्डो पाँचौँ स्थानमा छन् । त्यतिकै उपाधि हात पारेका मेसी छैटौँ स्थानमा छन् । चौथो स्थानमा इंग्ल्यान्डका कप्तान ह्यारी केन छन् । यता नेदरल्यान्डका माथिज डे लिगट सातौँ स्थानमा रहेको फिफाले जनाएको छ । फ्रान्सका विश्व च्याम्पियन खेलाडी केलियन एम्बाप्पे नवौँ तथा हेजार्ड १०औँ स्थानमा रहे ।

फिफाले प्रशिक्षकहरूको लिस्ट सार्वजनिक गर्दा लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप शीर्ष स्थानमा रहे । सन् २०१८/१९ को सिजनमा क्लोपले लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । दोस्रो स्थानमा म्यानचेस्टर सिटीका पेप ग्वाडिओला छन् । पेपले म्यानचेस्टर सिटीलाई लगातार दोस्रोपटक इंग्लिस प्रिमियर लिग उपाधि दिलाएका थिए । यो समाचार आजको नँया पत्रिकामा छापिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...