tealaya add

messi

 अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीलाई तीन महिना प्रतिबन्ध लाग्ने भएको छ । कोपा अमेरिका २०१९ दौरान प्रतियोगिताबारे नकारात्मक टिप्पणी गरेका कारण उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो ।

दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई ५० हजार अमेरिकी डलर जरिवानासहित ३ महिना प्रतिबन्ध गर्ने निर्णय गरेको हो । मेस्सीले एक साताभित्र महासंघमा उनको सजायविरुद्ध अपिल गर्न पाउनेछन् । यस प्रतिबन्ध कायम रहेमा मेस्सीले अर्जेन्टिनाबाट चिली, मेक्सिको र जर्मनीसँग सेप्टेम्बर र अक्टोबरमा हुने खेलहरु गुमाउनेछन् ।

बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सी कोपा अमेरिकाको तेसोर स्थानको खेलमा चिलीविरुद्ध रातो कार्ड खाँदै  उनले खेल सकिएपछि रेफ्रीको निर्णयको विरोध गर्दै ‘प्रतियोगिता ब्राजिलले जित्न मिलेमतो भएको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

अर्जेन्टिनाले सन् २०२२ को विश्वकपका लागि छनोट प्रतियोगिता मार्च २०२० देखि मात्र सुरु गर्ने हुनाले भने मेस्सीलाई केहि राहत मिलेको छ । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई ६ महिना प्रतिबन्ध लगाउने हल्ला चलेपनि अर्जेन्टिनी फुटबल संघसँग छलफलपछि ३ महिनामा सजाय घटाएको बुझिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर