annapurna add

Neymar Lionel Messi 1024x574

लियोनल मेस्सीलाई क्लब भित्र्याउन सकिने सम्भावनाहरुबारे फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले सोचविचार गर्न थालेको छ । स्रोतहरुलाई उद्धृत गर्दै इएसपिएनले मेस्सीलाई ल्याउन सकिने सम्भावनाबारे पिएसजीले छलफल थालेको उल्लेख गरेको हो ।

मेस्सी गएको समरमै बार्सिलोना छोड्न चाहन्थे । उनले सो आयसको पत्र पनि बुझाएका थिए । तर सम्झौतामा रहेको व्यवस्थाका कारण उनी यो सिजन बार्सिलोनामै रहन बाध्य भए । सिजनको अन्त्यसँगै मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् । उनी त्यसपति स्वतन्त्र मूल्यमा जुन कुनै क्लब जान पाउने छन् ।

हालै पिएसजीका नेइमारले आउँदो सिजन जसरी भए पनि मेस्सीसँग खेल्ने इच्छा रहेको र त्यो पूरा गर्नै पर्ने बताएका थिए । उनको त्यो भनाईपछि मेस्सी पिएसजीमा अनुबन्धित हुने सम्भावनाका खबर आउन थालेका हुन् । अहिले पिएसजीले पनि मेस्सीलाई ल्याउन सकिने विकल्पबारे छलफल सुरु गरेको खबर आएको छ ।

मेस्सीले सिजनको अन्त्यमा मात्रै क्लब छोड्न पाउने भए पनि जनवरी १ देखि नै जान चाहेको सम्भावित क्लबसँग छलफल गर्न पाउने छन् । लियोनल मेस्सीका बारेमा गरेको टिप्पणीलाई लिएर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस तुस्क्वेट्स को आलोचना गरेका छन् ।

अन्तरिम अध्यक्ष कार्लोसले केही दिनअघि मेस्सीलाई गएको समरमै क्लबबाट जान दिनु पर्ने बताएका थिए । मेस्सीलाई बेच्दा आउने पैसा क्लबका लागि महत्वपूर्ण हुने भएकाले उनलाई जान दिएको भए हितमा हुने उनले बताएका थिए ।

मेस्सीले गएको समरमा क्लब छोड्न चाहेका थिए, तर बार्सिलोनाले उनलाई सम्झौतामा रहेका नियमहरु भन्दै जान दिएन । उनी यो सिजनको अन्त्यमा बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् ।

क्लब बाहिर हुने टिप्पणीहरुको वास्ता नगर्ने भए पनि क्लब भित्रैबाट आउने टिप्पणीहरुले भने सहयोग नगर्ने प्रशिक्षक रोनाल्डले बताएका छन् । मेस्सीको भविष्यबारे निर्णय गर्ने व्यक्ति मेस्सी स्वयम् नै रहेको र त्यसबारे अरुले बोल्नु राम्रो नहुने प्रशिक्षकले बताएका छन्।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...