1478958692 banner ad format

 
 

काठमाडौं । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २–० ले हराएको छ ।

Nepal lost Maldives

शुक्रबार भएको खेलमा नेपालका लागि सात मिनेटमै रोमन लिम्बूले र ५७औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए ।

नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १–० ले पराजित भएको थियो ।

नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी प्रतियोगितामा ५ राष्ट्र सहभागी छन् ।

‘राउन्ड रोबिन’ लिगको आधारमा हुने प्रतियोगिताको अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।

नेपालले अब आगामी सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood