Hidden
गोलरहित बराबरीमा टुङ्गियो नेपाल यमनको खेल
काठमाडौँ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।
नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रतियोगितामा जित हासिल गर्न नसकेपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गरे।
त्यस्तै यमनका प्रशिक्षक इब्राहिम मेब्रातोलले खेलमा बराबरी खेल्नु ठीकै भएको प्रतिक्रिया दिए । प्रतियोगितामा नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।
समूह एफमा रहेको नेपालले समूह चरणको तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । नेपाल एक अङ्कसहित लिगको तेस्रो स्थानमा छ । त्यसैगरी यमन चार अङ्क जोड्दै समूहको शीर्ष स्थान उक्लेको छ । फिलिपिन्स भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको ताजकिस्तान अन्तिम स्थानमा छ ।
प्रकासित मिति