1478958692 banner ad format

 
 
  • काठमाडौं । मलेसियाविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली महिला टोली पराजित भएको छ ।

    Nepali women team football match

    मलेसियाको कोता किनाबालुस्थित शबाब रंगशालामा बुधबार भएको खेलमा नेपाली टोली ४–१ ले पराजित भएको हो ।

    खेलको सुरुदेखि नै दबाब बनाएको मलेसियाविरुद्ध नेपाली टोलीले कुनैपनि समय पुनरागमनको मौका नै पाएन ।

    मलेसियालाई विजयी गराउन सेराइलिन एलीले २ गोल गरिन् भने नुराथीरान र नोरालिसाले १–१ गोल गरे ।

    नेपालकी कप्तान सजना रानामगरले एक सन्तोना गोल फर्काइन् ।

    यसअघि, सोमबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रकासित मिति

Loading...