tealaya add

neymamr

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार लोनमा म्यानचेस्टर युनाइटेड जाने सम्भावना रहेको स्पोनिस पत्रिका स्पोर्टस्ले उल्लो गरेको छ । समर ट्रान्फर अन्त्यतिर पुग्ने बेलामा युनाइटेड ठूलो नाम भित्राउन चाहन्छ । त्यसका लागि नेयमार एउटा सहि खेलाडी हुन सक्छन् ।

नेयमार भने पुनः बार्सिलोना जान चाहेको बताइएको छ । उनी दुई वर्षअघि विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । सोहि पत्रिकाले रियल म्याड्रिडले पनि नेयमारमाथि चासो देखाएको बताइएको छ । त्यस्तै युभेन्ट्सले पनि भित्राउन इच्छा देखाएको समाचार प्रकाशित गरेको छ ।

पिएसजी भित्र नेयमारको सम्बन्ध राम्रो नभएका कारण पनि व्यवस्थापन सके सम्म उनको विषयमा छिटो समस्याको समाधान चाहिरहेको छ । पिएसजी पनि नेयमारलाई बार्सिलोना भन्दा युनाइटेड पठाउन चाहेको बताइन्छ ।

तर २७ वर्षे नेयमार अझै पनि बार्सिलोना नै जान चाहेका छन् । सुरुवातमा फिलिपे काउटिन्हो र ओसमाने डेम्बेलेसँग साट्न गरि छलफल अघि बढेको थियो । स्पेन च्याम्पियन अहिले नगदमा नेयमारलाई प्रस्ताव गर्ने अवस्थामा छैन । सन् २०१७ मा पिएसजी पुगेका नेयमारले त्यहाँ ३७ खेलमा ३४ गोल गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...