opening touchपोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ ।

फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुछ्रे हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।

प्रशिक्षक हरि खड्काले पोखराको सुन्दरतासँग खेलाडीले निकै आनन्द महशुश गरेको बताउँदै भन्नुभयो, ‘‘फुटबल मैदानको केही काम निर्माण हुँदैछन् । यो खुलेको हिमाल मुनि ‘ओपनिङ टच’ले खेलाडीमा आत्मविश्वास बढाएको छ ।’’ सागका अघिल्ला संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो । घरेलु मैदानमा अघिल्ला खेलको बदला लिएर जित हासिल पार्ने दाउमा खेलाडी छन् ।

खड्काले यसपाली खेलाडीले निकै मेहनत गरेकाले जित्नेमा ढुक्क भएको बताए । ‘‘नेपालसँग भिड्ने भारत पनि बलियो प्रतिद्वन्द्वी नभएकाले हाम्रो मेहनतले सोचेजस्तै सफलता हासिल गर्नेमा ढुक्क छौँ ।’’ उनले भने ‘‘भारतीय र नेपाली टोलीको स्तर एउटै हो । अहिले साफ च्याम्पियनसिपदेखिको परिश्रमलाई उपयोग गरेर उपाधि जित्न चाहन्छौँ ।’’

टोलीका लागि स्ट्राइकरको जिम्मेवारी सम्हालेकी सावित्रा भण्डारीले पनि मेहनत राम्रो गरेकाले खेल जित्ने विश्वास व्यक्त गरिन् । ‘‘अघिल्ला खेलमा देखिएका गल्ती यो खेलमा दोहोरिने छैनन्, सुधारले नतिजा राम्रै हुनेमा आशावादी छौँ ।’’ घरेलु मैदानको फाइदा उठाउँदै नेपालीलाई खुशी दिलाउन आफुहरुले निकै मेहनत गरेको उनको भनाइ छ ।

साग महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग भिड्ने छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशमात्रै सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुने फुटबल प्रशिक्षक शम्भु केसीले जानकारी दिए ।

आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको खेल सुरु हुनेछ । पोखरामा ब्याडमिन्टन सुरु हुनेछ ।

राखेप कभर्डहलमा आइतबार पुरुष भलिबलतर्फको सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

करातेको पहिलो दिन उद्घाटन र खेल तालिका सार्वजनिक कार्यकम मात्र हुनेछ । प्रतिस्पर्धा सोमबारबाट हुनेछ । किर्तिपुर नयाँबजारमा हुने खोखोमा महिला र पुरुष दुवैतर्फको खेल हुनेछ । महिलातर्फ नेपालले बंगलादेशसँग खेल्दैछ । महिलामा भारत र श्रीलंकाबीच खेल हुनेछ । पुरुषतर्फ भारत र श्रीलंका तथा नेपाल र बंगलादेशबीच खेल हुनेछ ।

पोखरा रंगशालाको कभर्डहलमा ब्याडमिन्टनतर्फ पुरुष र महिला टिम इभेन्ट्सको क्वाटरफाइनल र सेमिफाइनलको खेल हुनेछ । क्वाटरफाइनलमा नेपालले भुटानसँग खेल्नेछ । यस्तै बंगलादेशले पाकिस्तानसँग खेल्नेछ । भारत र श्रीलंका भने बाई पाएर सिधै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

बंगलादेश र पाकिस्तानबीचको विजेताले सेमिफाइनलमा भारतको तथा नेपाल र भुटानको विजेताले सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने छ । ब्याडमिन्टनमा सेमिफाइनल पुग्ने राष्ट्रले कम्तीमा कास्य पदक पक्का गर्नेछन् ।

   यो पनि पढ्नुहोस: आज१३ औं सागको उद्घाटन !

पुरुष भलिबलमा भारत फाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा पुगेको छ ।आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनमा श्रीलंकालाई ३-१ को सेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा भारतले २७–२५ को कठिन जित निकालेको थियो । दोस्रो सेटमा भारतले २५–१९ को सहज जित हात पार्यो । तेस्रो सेट सुरुवात देखीनै प्रतिस्पर्धात्मक बन्यो ।

सुरुवाती समय ९–९ को अवस्थमा रहेको थियो । तेस्रो सेटमा श्रीलंकाले सुरुवात देखीनै अग्रता लिएको थियो । श्रीलंकाले २ अंकको अग्रता लिदै १९–१७ मा पुर्याएको थियो । ब्लकमा भारतीय स्पाइकरले गल्ती गरेपछि श्रीलंकाले ३ अंकको अग्रता बढायो । श्रीलंकाले तेस्रो सेटमा २५–२१ को जित हात पारेपछि खेल चौथो सेटमा पुगेको थियो ।

चौथो सेटमा भारतले सुरुवाती २ अंकको अग्रता कायम गरेको थियो । श्रीलंकाले लगातार दुई अंक बटुल्दै १५–१५ को अवस्थामा पुर्याएको थियो । तर भारतले पुनरागमन गर्दै २०-१७ को अवस्थामा पुर्याएको थियो । चौथो सेटमा भारतले श्रीलंकालाई २५-२१ को सेटले हराउँदै फाइनलमा पुगेको थियो । चौथो सेटमा श्रीलंकाले सर्भिसमा केहि गल्ती गरेको थियो ।

अव उपाधिको लागि भारतले दोस्रो सेमिफाइनलको विजेता बंगलादेश र पाकिस्तान मध्य एकसँग खेल्ने छ । फाइनल मंगलबार हुने छ । कास्य पदकको लागि सोमबार प्रतिस्पर्धा हुने छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर