1478958692 banner ad format

 
 
काठमाण्डौ- पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोज लयमा देखिएको छ । उसले लगातार दोस्रो जित हात पारेको छ । विहीबार भएको पहिलो खेलमा चितवनले काठमाडौलाई १३ रनले हराउँदै प्लेअफ सम्भावना हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने संभावना बढाएको छ ।
 
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । 
 
लगातार तीन खेलको हारपछि धनगढीविरुद्ध पहिलो जित दर्ता गरेको चितवनले  काठमाडौँविरुद्ध पनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाहले ५४ रनको गतिलो साझेदारी गरे । त्यसक्रममा अनिलले २७ रन बनाए । 
 
टिमको रन ७९ रन हुँदा चितवनका कप्तान ब्यक्तिगत १४ रनमा आउट भए । तर धनगढीविरुद्ध अर्धसतक बनाएका हरिशंकरले आज पनि ६० रन बनाए । 
 
उनले ४९ बलमा पाँच चौका र तीन छक्का हाने । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङतर्फ बसन्त रेग्मीले दुई विकेट लिए । त्यसैगरि पवन सराफ र नन्दन यादवले एक एक विकेट झारे 
 
जवाफी ब्याटिङमा गतिलो सुरुवात गर्न नसकेको काठमाडौ २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ३६ रनमै समेटियो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडौँले २३ रनमा दोस्रो विकेट गुमायो । 
 
काठमाडौँका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए । त्यस्तै अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ ब्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा तेस्रो विकेट गुमायो । 
 
कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोरबीच गतिलो तालमेल भइरहँदा चितवनका कप्तान पारस खड्काले साझेदारी तोडिदिए । 
 
तोमर ३९ रनमा आउट भएपछि काठमाडौँले खेल गुमाउन पुग्यो । लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौँले एक सय २५ रनमा सात विकेट गुमायो ।
 
त्यसपछि अन्तिमक्रमका खेलाडी एकपछि अर्को आउट भएपछि काठमाडौले प्रतियोगितामा पहिलो हार भोग्यो । बलिङतर्फ चितवनका करण केसीले तीन र पारस खड्काले दुई विकेट लिए ।

प्रकासित मिति

Loading...

 

yummyfood