1478958692 banner ad format

 
 

काठमाडौ । स्पेसिन कप फुटबलअन्तर्गत चौथो चरणका खेलहरुमा रियाल मड्रिड, लास पाल्मास र रियाल सोसिडाड विजयी भएका छन् ।

 

उपाधि दावेदार रियाल मड्रिडले तेस्रो डिभिजनको प्रतिद्वन्द्वी फुन्लाब्रादा विरुद्धको पहिलो लेगको खेल २-० ले जित्यो ।

रियाल मड्रिडले दुबै गोल दोस्रो हाफमा पाएको दुई वटा पेनाल्टी अवसरमा गरेको थियो । रियालका लागि मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरेका हुन् ।

खेलमा फुन्लाब्रादाका क्यान्डेला पास्कल र रियाल मड्रिडका भालेयोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । दोस्रो लेगको खेल नोभेम्बर २९ मा रियाल मड्रिडको मैदानमा हुनेछ ।

स्पेनिस कपकै अन्य खेलहरुमा रियाल सोसीडाड, लास पाल्मास र लेभान्ते पनि विजयी भएका छन् ।

बार्सीलोनाले भने यसअघि नैं रियाल मुर्सीयालाई ३-० ले हराँउदै उपाधि यात्रा सुरु गरिसकेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood