tealaya add

real madrid

प्रि–सिजनअन्तर्गतको पहिलो खेलमै स्पेनिस रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत आज बिहान भएको खेलमा रियललाई जर्मन क्लब बार्यन म्युनिखले ३–१ को हारको सिकार बनाएको हो ।

पहिलो र दोस्रो हाफमा छुट्टाछुट्टै टिम खेलाएको रियलले पहिलो हाफमा १ गोल खाएको थियो भने दोस्रो हाफमा २ मिनेटको बीचमा २ गोल खाएर आफूले १ गोल गरेको थियो । दोस्रो हाफमा बार्यनका दोस्रो गोलकिपरका रूपमा मैदान छिरेका गोलकिपरले रातो कार्ड खाएका थिए ।

पहिलो हाफमा प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाइको सेट उतारेका थिए । नयाँ स्टार खेलाडी इडेन हाजार्डसहितको टोलीले पहिलो हाफमा गोल गर्न नसक्दा आफूले १ गोल खायो । खेलको १५औं मिनेटमा कोरेटिन टोलिस्सोले बार्यनका लागि गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा पनि बार्यन हाबी भयो । उसका लागि खेलको ६७औं मिनेटमा रावेर्ट लेवान्डोस्कीले बक्स भित्रबाट रियलका डिफेन्डरलाई छलाउँदै आकर्षक गोल गरेपछि बार्यन २–० ले अघि रह्यो ।

दोस्रो गोल गरेको २ मिनेटमै बार्यनले तेस्रो गोल हान्यो । सो गोल ६९औं मिनेटमा सेर्गे ग्यानब्रीले गरेका थिए । तर, त्यसपछि रियलले सान्त्वाना गोल फर्कायो ।

खेलको ८१औं मिनेटमा बार्यनका खेलाडीले गोलकिपरलाई ब्याक पास दिएको बल नियन्त्रणमा लिन बेगिएका रियलका नयाँ युवा खेलाडी रोड्रिगोलाई बार्यनका किपर स्भेन अलरिचले फउल गरेर लडाएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए ।

सोही फउलमा बक्स बाहिरबाट रियलले फ्रि किक हान्ने मौका पायो । जसमा रोड्रिगोले नै फ्रि किकमा दर्शनीय गोल गर्दै रियलको खातामा १ गोल लेखाए । रियलको सिनियर टोलीबाट डेब्यु गरेको खेलमै ब्राजिलियन युवा खेलाडीले गोल गरेर आफ्नो डेब्युलाई सुखद् बनाउन सफल भए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्यनले ३–१ ले जित्यो । यसै खेलबाट रियलको जर्सीमा डेब्यु गरेका नयाँ खेलाडी हाजार्ड, लुका जोभिक र फोर्लान् मेन्डीका लागि भने पहिलो खेल निराशाजनक रह्यो ।

प्रकाशित मिति July 21, 2019

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर