annapurna add

 113796544 hi061824215

नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तर्फ खोक्ने खेलाडीले पनि अब रातो कार्ड पाउन सक्ने छन्। फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले सोचविचार गरी वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेका हुन् ।

इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड (आइफाब) ले त्यसरी खोक्नुलाई अपमानजनक वा अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकारी राख्ने जनाइएको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो नयाँ नियम ल्याइएको हो । यो नियम तत्कालदेखि लागु भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् ।

गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

इन्फान्टिनोले अहिले उत्पन्न भएको विवाद समाधान नहुँदासम्म पदबाट नहट्ने बताएका छन् । उपमहासचिव बेलले भनेका छन्, ‘धेरैले महान्यायाधीवक्तासँगको भेटलाई सुरक्षित रुपमा लिन्छन् । सोही भेटकै कारण आपराधिक अनुसन्धानको घेरामा आइन्छ भनेर शायदै कसैले सोच्छ होला ।’

फिफा वा इन्फान्टिनो दुवैलाई आरोप कसले लगायो वा कसरी आयो भन्ने जानकारी नरहेको उनले बतानए । जियानी ओरालो लागेको वा उनी विफल भएको देख्न चाहनेहरु वा पूर्व अध्यक्ष सेप क्लाटरको पक्षका व्यक्तिहरु आरोपको पछि हुन सक्ने तर्फ उनले संकेत गरेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नेइमारलाई यो सिजन पनि अनबन्धित नगर्ने स्पष्ट संकेत गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अहिलेको आर्थिक अवस्थामा नेइमारलाई पुनः क्लब भित्र्याउनु वा अनुबन्धित गर्नु ‘अव्यवहारिक’ हुने अध्यक्ष बार्तोमेउले बताएका हुन् । आर्थिक अवस्थाका कारण इन्टर मिलानका स्ट्राइकर लाउतारो मार्तिनेजको अनुबन्ध पनि प्रभावित भएको छ।

बार्तोमेउले स्पेनिस पत्रिकार स्पोर्टससँगको अन्तर्वार्ताको क्रममा बार्सिलोनाले गएको मार्चदेखि जुनको बिचमा कोरोना भाइरसको महामारीका कारण अपेक्षा गरिए भन्द निकै कम २०० मिलियन युरो मात्रै रेभिन्यू सिर्जना गर्न सकेको बताए । उनले भनेका छन्, ‘युरोपका सबै ठूला क्लब प्रभावित भएका छन् । यो प्रभाव एक वर्षमै सकिने छैन, तीन–चार वर्ष लाग्ने छ ।’

ब्राजिलियन नेइमार सन् २०१७ को अगस्टमा कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका थिए । उनी पुनः बार्सिलोना नै फर्किन चाहन्छन् । गएको वर्ष उनको अनुबन्ध सफल भएको थिएन । यो वर्ष पुनः कोरोना भाइरसको महामारीले प्रभावित गर्ने देखिएको हो ।

बार्तोमेउले भनेका छन्, ‘नेइमार? यो अवस्थामा, अव्यवहारिक हुन्छ । पिएसजी पनि उनलाई बेच्न चाहँदैन । बार्सिलोनाले लाएतारोका सम्बन्धमा इन्टर मिलानसँग कुरा गरेको हो, तर अहिलेको अवस्थामा ठूलो रकम लगानी गर्न सक्ने अवस्था छैन, सोही कारण वार्ता रोकिएको छ ।’

 

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर