tealaya add

ronaldhilo

ब्राजिलका  फुटबल खेलाडी रोनाल्डिल्होको सम्पत्ति जफत भएको छ । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका सम्पत्ति जफत गरिएको हो ।

स्थानीय अखबारहरुले जनाएअनुसार ब्राजिलियन स्टार रोनाल्डिल्होको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको छ । दुईपटक वर्ल्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो ।

रोनाल्डिन्हो सन् २००४ र २००५ मा प्लेयर अफ द इयर भएका थिए । उनले लामो समय बार्सिलोनाबाट क्लब फुटबल खेले । सन् २००२ मा ब्राजिल विश्वविजेता बन्दा उनको महत्वपूर्ण भूमिका रह्यो । रोनाल्डोको खुद सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर