annapurna add

ronaldo messi

पोर्चुगलका स्टारक्रिस्टियानो रोनाल्डोले कोरोनाभाइरसको संक्रमणको रोकथामको लागि १०.०८ लाख अमेरिकी डलर सहयोग गरेका छन् । उनी र उनका एजेन्ट जर्ज मेन्डिसले पोर्चुगलका दुई अस्पतालका तीन आइसियू इकाइलाई १०।०८ लाख अमेरिकी डलर दिएका हुन् ।

उनीहरुले गरेको सहयोगबाट लिस्वनमा रहेको सान्टा मारिया अस्पताल र पोर्टोमा रहेको सान्टो एन्टोनियो अस्पतालमा आवश्यक सामान किन्न सकिने जनाइएको छ ।

यस्तै बार्सिलोनाका कप्तान लियोनेल मेसीले अस्पताललाई १० लाख डलर सहयोग गरेका छन् । उनले बार्सिलोना शहरको एक नागरिक अस्पताललाई १।०८ मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् ।

बार्सिलोनाको उक्त अस्पतालले लियोनेल मेस्सीले कोरोनाभाइरससँग लड्न सहयोग गरेको बताएको हो । अस्पतालले सामाजिक सञ्जाल ट्वीटरमा मेसीले उक्त रकम दिएको बताएको छ । यसअघि पनि पेप गार्डियोलाले पनि बार्सिलोना शहरमा कोरोनासँग लड्न एक कार्यक्रमलाई रकम प्रदान गरिसकेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर