tealaya add

ronaldo c clbrt

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रख्यात ‘सी’ सेलेब्रेसनको बारेमा खुलासा गरेका छन् । उनले पहिलो पटक उक्त सेलेब्रेसन चेल्सीविरुद्ध सुरु गरेको पनि बताए ।

३४ वर्षीय फरवार्ड रोनाल्डोले अमेरिका टुरमा रहेको खेलमा उक्त सेलेब्रेसन गरेका थिए । ‘हामी अमेरिकामा थियौं र चेस्लीविरुद्ध खेल्दा मैले सेलेब्रेसन गरें । मैले किन गरें थाहा छैन, आफैं त्यस्तो भयो । त्यो एकदम प्राकृतिक रुपमा आएको थियो,’ उनले थपे, ‘ त्यसपछि मैले जहाँ पुगेपनि समर्थकले ‘सी’ ‘सी’ गर्दै भन्न थाले । मैले एक पटकको सेलेब्रेसनमा नै समर्थकहरुले मन पराएको थाहा पाएँ ।’

रोनाल्डोले सन् २०१५ को ब्यालोन डी’ओर उपाधि जितेपछि पनि उक्त सेलेब्रेसन गरेका थिए । उनले रियलका खेलाडीहरुले आफूले गोल गर्दा उक्त सेलेब्रेसन गर्ने गरेको थाहा रहेको जानकारी दिए । ‘रियालमा रहँदा हामी गोल गरेपछि यो सेलेब्रेसन गर्ने गरेका थियौं । स्पेनिसमा ‘सी’ भन्नले सफल भयौं भन्ने बुझिन्छ,’ उनले थपे ।

रोनाल्डो अब युभेन्टससँग रहेर नयाँ सिजनको पर्खाइमा छन् । गत सिजन घरेलु लिग र कप उपाधिमा सिमित युभेन्टसले यस सिजन च्याम्पियन्स लिगमा विशेष प्राथमिकता दिने योजना बनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...